परिवारका सदस्यलाई क्यान्सर भएको भए तपाईमा पनि त्यस्तै प्रकारको क्यान्सरको सम्भावना बढी हुने मात्रै नभएर अन्य प्रकारको क्यान्सर हुने सम्भावना पनि छ-एक अध्ययनको निश्कर्ष छ ।

ईटाली र स्वीजरल्यान्डका २३ हजार मान्छेमा गरिएको पछिल्लो अनुसन्धानले १३ प्रकारको क्यान्सर भएका व्यक्तिको परिवारका नजिकका सदस्यलाई पनि त्यस्तो खालको रोगको सम्भावना बढी हुने निश्कर्ष निकालेको हो । अध्ययनले परिवारको एक जनालाई भएको एक खालको क्यान्सरले अन्य सदस्यमा अरु खालको क्यान्सर हुने सम्भावनासमेत बढाउँछ ।

अध्ययन गर्ने क्यान्सर च्यारिटीले बताए अनुसार अन्य सदस्यलाई क्यान्सर हुने सम्भावना जिन, जीवनशैली र वातावरणमा पनि निर्भर गर्छ ।

एनल्स अफ अनकोलेजीमा प्रकाशित यो अनुसन्धानले शरीरका बिभिन्न भागमा क्यान्सर भएका १२ हजार रोगीलाई समेटेको छ । उनीहरुलाई क्यान्सर नभएका ११ हजार मान्छेसाग तुलना गरिएको थियो । अनुसन्धानका क्रममा परिवारमा भएको क्यान्सरको ईतिहासको बारेमा तथ्य जम्मा गरिएको थियो । बिशेषतः ५० प्रतिशत भन्दा बढी जिन मिल्ने नजिकका नातेदार (अभिभावक, दाजुभाई दिदिबहिनी, सन्तान) को क्यान्सरको ईतिहासर र जोखिमबारे तथ्य संकलन गरिएको थियो ।

अध्ययन अनुसार घाँटीको क्यान्सर भएकाका नजिकका नातेदार (अभिभाभवक, सन्तान, दाजुभाई दिदीबहिनी) लाई त्यस्तै प्रकारको रोग हुने सम्भावना सामान्य भन्दा तीन गुणा हुन्छ । कसैलाई स्तन क्यान्सर भएका छन् भने उनका नजिकका नातेदार महिलालाई पाठेघरको क्यान्सर हुने सम्भावना सामान्य भन्दा दोब्बर हुन्छ ।